बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन

बुधबार, ०३ असार २०८३, ११ : ४०
बुधबार, ०३ असार २०८३

सारांश

  • मकवानपुर जिल्ला प्रशासन कार्यालयले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधी तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ ।
  • औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका ४० बढी औषधी तथा फार्मेसी पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ ।
  • प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेका अनुसार दर्ता खारेज भएका फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु बन्द गर्न निर्देशन गरिएको छ ।

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधी तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ । 

औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेसँगै जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४० भन्दा बढी त्यस्ता पसल निर्देशन दिएको हो ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले देशभरका ५ हजार ३०२ वटा औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र (अनुमति) रद्द गरिएको र उक्त निर्णय अनुसार मकवानपुरका ४० बढी औषधी तथा फार्मेसी पसल दर्ता नवीकरण नरहेकाले बन्द गर्न सूचित गरेको हो । दर्ता खारेज भएका उक्त औषधि पसलहरूलाई आजैका मितिदेखि आफ्नो कारोबार पूर्ण रूपमा बन्द गर्न प्रशासन कार्यालयको निर्देशन रहेको छ ।

औषधि व्यवस्था विभाग, बिजुलीबजारले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै कानुनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द भएको स्पष्ट पारेको थियो । उक्त निर्णय कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता खारेज भएका फार्मेसी, भेट (पशु) फर्मा र आयुर्वेद फर्माहरु बन्द गर्न निर्देशन गरेको प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप