बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुन्छ : मुख्यमन्त्री कार्की

बुधबार, ०३ असार २०८३, १६ : १२
बुधबार, ०३ असार २०८३

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उनले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारलाई विज्ञापन र सूचना सबै सञ्चारमाध्यमलाई समानरुपमा उपलब्ध गराउन आग्रह गर्दै उनले यसबारे सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन महासङ्घलाई सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारी सूचना, विज्ञापन सबैखाले सञ्चारमाध्यमले प्राप्त गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप