जब मन्त्रीले सडकको तुलना हेमा मालिनीको गालासँग गरिदिए...
भारतको छत्तीसगढ सरकारका एक मन्त्री विवादित बयान पछि एकाएक चर्चामा छाएका छन् ।
धमतरी जिल्लाको कुरुदमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै लखमाले आफ्नो विधानसभा क्षेत्र कोंटाको सडकलाई हेमा मालिनीको गालासँग तुलना गरेका छन् । उनले भने, ‘हाम्रो क्षेत्रको सडक हेमा मालिनीको गालाजस्तै चिल्लो छ ।’
धमतरीका प्रभारी मन्त्री लखमाको भनाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘म प्रदेशमा मन्त्री बनेको केही महिना मात्रै भएको छ । नक्सल प्रभावित क्षेत्रको हुँ तर मैले त्यहाँ सडक बनाएँ, हेमा मालिनीको गाला जस्तै ।’
आफ्नो विवादित बयानपछि चर्चामा आएका मन्त्री लखमाले कुरुदमा सडकको स्थितीमाथि दुःख व्यक्त गर्दै यसका लागि पूर्ववर्ती डाक्टर रमन सिंह सरकारमाथि निशाना पनि साँधे ।
उनले भने, ‘कुरुदको सडकमा पछिल्लो सरकारको भ्रष्टाचारका खाल्डा छन् । यहाँका सडकका लागि पूर्व सांसद जिम्मेवार छन् । उनको व्यवहारका कारण क्षेत्रको सडक खाल्डोमा परिवर्तन भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण