बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका हुन् ।
मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रिय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले मुलुकमा संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरुमा दू्रतगतिका साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिए ।
उनले इमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि बैंकिङ कसुर अन्तर्गत कडा कारबाही गर्ने चेतावनी दिए ।
डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण