अपडेट : दाउन्नेमा ट्रक दुर्घटना, ट्रक धनी र चालकको मृत्यु
बुधबार, २७ कात्तिक २०७६, १५ : ०२
काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेमा बुधबार बिहान भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ट्रक धनी नवलपरासी बर्दघाट सुस्ता पश्चिमकै सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र ट्रक चालक २९ वर्षीय नरबहादुर गुरुङको मृत्यु भएको हो ।
फलाम बोकेको ट्रक पल्टिएर च्यापिएका दुवैजनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले उद्धारका क्रममा मृत फेला पारेको हो ।
पूर्वबाट फलाम लिएर पश्चिमतर्फ जाँदै गरेको ना४ख ४५०४ नम्बरको ट्रक बिहान साढे ४ बजे सडकबाट करिब २५ मिटर तल खसेको थियो । अप्ठ्यारो स्थानमा खसेका कारण क्रेनको सहायतामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण