मोदी र पुटिनद्धारा भारत-रुस सम्बन्धको समिक्षा
एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ । उनीहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ ‘ब्रिक्स’ सम्मेलनका लागि आएको बेला दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो ।
उनीहरुले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गर्नुभएको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भने, ‘राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो ।’ ‘हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्वन्धलाई अझ बलियो कसरी बनाउने भन्ने बारेमा कुराकानी गरेका छौँ,’ उनले थपे ।
विश्वकै प्रभावशाली मानिने नेताहरुमध्ये यी दुई नेताको भेटघाट अहिले फेरी झण्डै दुई महिनापछि भएको हो । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ ।
दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल आइपुगेका हुन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने ‘ब्रिक्स’ को सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन् ।
ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ । त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरु सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गरेका थिए । सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सि चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शिर्ष नेताहरुका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण