मध्यरातमा बर्दिवासको नापी कार्यालयको कागजपत्र ल्याइयो
सेवाग्राहीलाई छिटो छरितो र सर्व सुलभ किसिमले सेवा प्रदान गर्ने उद्देश्यसहित महोत्तरीको बर्दिवास नगरपालिका–१ मा रहेको नापी कार्यालयको कागजपत्र शुक्रवार मध्य रातमा बर्दिवासकोे नापी कार्यालयमा ल्याइएको छ ।
केहि दिन अघि बसेको उद्योग बाण्ज्यि संघ बर्दिवास, बर्दिवास नगरपालिका, जलेश्वर उद्योग बाण्ज्यि संघ, जलेश्वर नगरपालिका,जिल्ला प्रसासन कार्यालय महोत्तरी लगायतका बिभिन्न संघ संस्थाको संयुक्त बैठकले बर्दिवासको नापी कार्यालयको सम्पुर्ण कागजपत्र बर्दिवासकै कार्यालयमा ल्याउने निर्णय गरेपछी सोही संघ संस्थाहरुको पहलमा शुक्रवार मध्य रातमा नापी कार्यालयको कागज पत्र बर्दिवास ल्याइएको बर्दिवास उद्योग बाण्ज्यि संघका अध्यक्ष प्रलाद कुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार जलेश्वरमा रहेको नापी कार्यालय बाटबर्दिवासको कार्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कागजपत्र बर्दिवासको कार्यालयमा ल्याइएकाले आइतवारदेखि कार्यालयको सम्पूर्ण कामकाज बर्दिवाबाटै हुनेछ ।
सदरमुकामको नापी कार्यालयको शाखा बर्दिवासमा आएको बर्षौ भइसक्दा पनि सदरमुकाम जलेश्वरका स्थानीयवासीले कागजपत्र ल्याउन नदिएपछी कार्यालयको कामकाज महोत्तरी सदरमुकाम जलेश्रमै गएर गराउनु पर्ने बाध्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण