नेपालले हङकङलाई दियो दुई सय १८ रनको लक्ष्य
काठमाडौं । एसीसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई दुई सय १८ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रन बनाएको छ ।
नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । शरदले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरेका थिए । खराव सुरुवात गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नै पेभेलियन फर्किएका थिए । लगत्यै कुशल भुर्तेल एक रनमा आउट भए । त्यसपछि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । ऐरीले ३७ रन बनाए ।
आरिफ शेखले ४२ रन बनाए । विनोद भण्डारीले १५ रन बनाए । करण केसी सात र सुसान भारी ६ रनमा आउट भएका थिए । हङकङका एजाज खानले तीन विकेट लिए । नसरुल्ला खान र एहसान खानले दुई दुई विकेट लिए । अफताब हुसेन र रौनक कपुरको एक एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण