छोरीलाई निर्ममतापूर्वक कुटिरहेकी थिइन् आमा, भिडियो बनाइरहेका थिए बुवाः पुलिसद्वारा दुबै पक्राउ
आइतबार, ०१ मङ्सिर २०७६, १२ : ४६
भारतको जम्मू कश्मीरको कठुआमा एक बालिकामाथि निर्ममतापूर्वक कुटपिट भइरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भिडियोमा एक आमाले आफ्नै छोरीलाई कुटपिट गरिरहेको देख्न सकिन्छ । ती बालिकाले रोएर आमालाई यस्तो नगर्न पनि आग्रह गरिरहेकी छिन् ।
भिडियोमा देखिए अनुसार बालिकाकी आमाले छोरीको कपाल तानेर बेस्सरी घिसारेर उनको पिठ्युँमा पटकपटक हिर्काउँछिन् । ती आमाले छोरीलाई चप्पलले पनि हिर्काएको देख्न सकिन्छ । त्यतिबेला बालिकाले बुवालाई पनि बोलाउँछिन् तर बुवा भने घटनाको भिडियो खिच्न व्यस्त हुन्छन् ।
जम्मू कश्मीर: मां ने बच्ची को बेरहमी से पीटने का वीडियो वायरल, पुलिस ने बच्ची के माता पिता को किया गिरफ्तार@farah17khan pic.twitter.com/98f47BbfDn
— News18 India (@News18India) November 17, 2019
भारतीय मिडियाका अनुसार भिडियो भाइरल भएपछि पुलिसले मुद्दा दर्ता गरेर बालिकाको आमा–बुवालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने