छोरीलाई निर्ममतापूर्वक कुटिरहेकी थिइन् आमा, भिडियो बनाइरहेका थिए बुवाः पुलिसद्वारा दुबै पक्राउ
आइतबार, ०१ मङ्सिर २०७६, १२ : ४६
भारतको जम्मू कश्मीरको कठुआमा एक बालिकामाथि निर्ममतापूर्वक कुटपिट भइरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भिडियोमा एक आमाले आफ्नै छोरीलाई कुटपिट गरिरहेको देख्न सकिन्छ । ती बालिकाले रोएर आमालाई यस्तो नगर्न पनि आग्रह गरिरहेकी छिन् ।
भिडियोमा देखिए अनुसार बालिकाकी आमाले छोरीको कपाल तानेर बेस्सरी घिसारेर उनको पिठ्युँमा पटकपटक हिर्काउँछिन् । ती आमाले छोरीलाई चप्पलले पनि हिर्काएको देख्न सकिन्छ । त्यतिबेला बालिकाले बुवालाई पनि बोलाउँछिन् तर बुवा भने घटनाको भिडियो खिच्न व्यस्त हुन्छन् ।
जम्मू कश्मीर: मां ने बच्ची को बेरहमी से पीटने का वीडियो वायरल, पुलिस ने बच्ची के माता पिता को किया गिरफ्तार@farah17khan pic.twitter.com/98f47BbfDn
— News18 India (@News18India) November 17, 2019
भारतीय मिडियाका अनुसार भिडियो भाइरल भएपछि पुलिसले मुद्दा दर्ता गरेर बालिकाको आमा–बुवालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण