सिंगापुरबाट स्नेहाले ल्याइन् तीन अवार्ड
काठमाडौं । सिंगापुरमा हालै सम्पन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१९’ नेपालको प्रतिनिधित्व गर्दै सहभागी स्नेहा राउत थापाले तीन उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।
स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपरमोडलको उपाधि नेपाल भित्र्याएकी हुन् ।
टिकेएस एण्ड सन्स, सिंगापुरद्धारा आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेशल २०१९ मा उनलाई रिवन इन्टरटेनमेन्टले सहभागी गराएको थियो ।
त्यसैगरी सोही प्रतियोगिता अन्र्तगतको एमएस इन्टरनेशनलमा नेपालका तर्पmबाट सहभागी संगीता न्यौपानेले मिसेस इन्टरनेशनल एलिगेन्स व्युटीको उपाधि जितेकी छन् ।
कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुबै शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।
सहभागी निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो । प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमण समेत गराइएको थियो ।
प्रतियोगितामा लाटभियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेशनल २०१९ को उपाधि चुमेकी थिइन् ,भने मलेशियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण