बिमा व्यवसायमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
काठमाडौं– आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बिमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको छ ।
आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बिमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको साथै यस अवसर प्रदान गर्नुहुने आन्तिरिक राजस्व विभागप्रति कृतज्ञता व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन हौसला मिलेको छ ।’
जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा रू. ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण