सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मिर्गौला पीडितहरुको प्रदर्शन

सोमबार, ०२ मङ्सिर २०७६, १२ : ०२
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौँ । मिर्गौला पीडितहरुले आफूहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् । 

मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् । 

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयम् मिर्गौला पीडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गौला पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश पोखे ।

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।  उनीहरुले माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरमण्डला सम्म आएका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप