नेपाल र भारतबीचको सीमा सुरक्षा बैठक पोखरामा हुँदै
मङ्गलबार, ०३ मङ्सिर २०७६, २२ : ४७
कास्की । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।
नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए ।
बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराए । यो नियमित वार्षिक बैठक रहेको उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण