बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका लागि सुरु भयो नेकपाको बैठक, खनाल र पोखरेल अनुपस्थित !
काठमाडौँ– नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
आजको बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए । त्यस्तै बुधबार बिहान अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिमण्डलमा समावेश गरिने नाम र बाहिरिने नामबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सिफारिस नाम राष्ट्रपतिकोमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण