बाजेको सेकुवा कर्नर अब भक्तपुरमा
काठमाडौं । चर्चित सेकुवा कर्नर ‘बाजेको सेकुवा’ को नयाँ शाखा भक्तपुरमा खुलेको छ । बुधबार एक समारोहको आयोजना गर्दै कर्नरले भक्तपुरको गठ्ठाघरमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । देशका विभिन्न स्थानसहित अमेरिकामा समेत सेकुवा कर्नर खोल्न सफल बाजेको सेकुवाको यो भक्तपुरमा पहिलो साखा हो ।
४ वर्षअघि काठमाडौंको सिनामंगलबाट शुरु गरेको बजेको सेकुवाले हाल काठमाडौं उपत्यकामा भित्र ९ स्थान, उपत्यका बाहिरका ३ स्थान र अमेरिकाको २ स्थानमा गरी १४ आउटलेटबाट व्यवसाय सञ्चालन गरिरहेको छ ।
विगत ३ महिनाको अन्तरालमा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा आफ्नो नयाँ फ्रान्चाइज आउटलेट विस्तार गर्न सफल बाजेको सेकुवाले नयाँ साखाको रुपमा भक्तपुरमा कर्नर खोलेको हो ।
अन्तर्राष्ट्रिय ब्राण्ड समेत बनिसकेको बाजेको सेकुवाले अब छिट्टै नेपालगञ्ज, वीरगञ्ज, धनगढी, हेटौंडा र नेपाल बाहिर अमेरिकामा केहि थप सहित अष्ट्र्लिया, जापान र बेलायतमा समेत आफ्नो फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
हाल बाजेको सेकुवाले रेस्टुरेन्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्रान्चाइज सम्झौता गर्ने कामको थालनी गरेको छ । कम्पनी र लगानीकर्ताको बीचमा रहेर बाजेको भेञ्चर प्रालिले सहकार्य गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण