आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल
टोकियो । प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति बनेका छन् । उनी सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवेले बुधबारसहित जम्मा दुई हजार ८८७ दिन प्रधानमन्त्रीका हैसियतमा निरन्तर काम गरिसकेका छन् ।
उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजिनामा दिएका थिए ।
यसैबीच, आफ्नो नाममा लामो समय जापानी प्रधानमन्त्रीका रूपमा काम गर्ने इतिहास बनेको सन्दर्भमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीमा रहँदा आफूले जापानी मुद्रा स्फीतिलाई अन्त्य गर्ने, समस्याका रूपमा देखिएको जापानको बढ्दो वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरका साथै संविधान संशोधनलगायतका बिषयमा नीतिगत सुधारका प्रयास गर्ने उनले बताए ।
उनले भने, ‘लिबरल डिमोक्रेटिक पार्टी’को अध्यक्षका रूपमा अझै मेरा लागि दुई बर्ष बाँकी रहेको र यस समयमा नीतिगत आधारमा काम गरी मेरो काँधमा आएको जिम्मेवारीलाई सफल पार्न प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ नेतृत्व सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै उनले भने, ‘जब मैले प्रधानमन्त्रीको नेतृत्व पाएँ, त्यतिवेला कतै चीसो हिउँमा टेकेको अवस्थामा जस्तो निकै असहज महशुस गरेको थिएँ ।’
उमेरले पैँसठ्ठी वसन्त पार गरेका आवेले दोस्रो विश्व युद्धपछि सम्बोधन हुन नसकेका कुटनीतिक चुनौतिलाई साम्य पार्न चाहेको पनि बताए । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण