महरा प्रकरण : थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।
शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला अदालत काठमाडौंबाट कैफियत कागजात मगाउने आदेश दिएको हो ।
आपूmलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै महराले थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
महराको निवेदनमाथि शुक्रबार मुख्य न्यायाधीश सुवेदीले कैफियत कागजात झिकाउने आदेश दिएका हुन् ।
जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएमा महरा थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्नेछन् । उच्च् अदालतले पनि थुनामै पठाउे जिल्लाको आदेश सदर गरेमा महरा सर्वोच्च अदालतमा पनि निवेदन दिन जान सक्नेछन् ।
महराको मुद्दा भने जिल्ला अदालत काठमाडौँमै चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण