काठमाडौंमा ५० औँ हजार मानिस उतारेर नेपाल भ्रमण वर्षको घोषणा गर्छु : मन्त्री भट्टराई
काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार मानिस उतार्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार मानिस उतारेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन् ।
नेपाल भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पारे ।
मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको बताए । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण