बाधा अड्काउ फुकाउमार्फत संसदको काम गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । सभामुख नभएको अवस्थामा बाधा अड्काउ फुकाउमार्फत काम गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता उत्तमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई आज दायर गर्नुभएको रिट निवेदनमा संसद्को नयाँ अधिवेशनको शुरुआत नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरुको अन्तरराष्ट्रिय भ्रमणसमेत रोकिएको उल्लेख छ ।
रिट निवेदनमा दुवै सदनबाट पास भएका पाँच विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हुँदा काममा ढिलाइ भएको उल्लेख छ । जनताको काम छिटो र सहज तरिकाले गर्नका लागि बाधा अड्काउन फुकाउका माध्यमबाट राष्ट्रपतिले विधेयक पास गर्न आदेशको माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण