शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो

शनिबार, २० असार २०८३, १९ : १३
शनिबार, २० असार २०८३

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएयता नागरिकका गुनासा सुन्ने संयन्त्र 'हेलो सरकार' मा उजुरीको संख्यामा वृद्धि भएको देखिएको छ । 

सरकारले शनिबार सार्वजनिक गरेको एक सय दिनको उपलब्धि प्रतिवेदनमा पछिल्लो १०० दिनमा हेलो सरकारमा प्राप्त हुने गुनासाहरू ६०० प्रतिशतले बढेको उल्लेख छ । 

सरकारले यस वृद्धिलाई नागरिकको सरकारप्रतिको बढ्दो विश्वास र भरोसा भनि जिकिर गरेको छ । हेलो सरकार संयन्त्रलाई स्तरोन्नति गरी ुनागरिक संवादको प्लेटफर्मु का रूपमा विकास गरिएकाले पनि उजुरी र गुनासा गर्नेहरूको संख्या बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दाबी छ ।

हाल यस प्रणालीमा संघ, प्रदेश र स्थानीय तहका गरी ३ हजार ७ सय ७० कार्यालयहरू आबद्ध भएको कार्यालयको भनाइ छ । 

प्रतिवेदनमाअनुसार, प्राप्त गुनासाहरूमध्ये करिब ६० प्रतिशत फर्स्योट भइसकेका छन् । एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयका गुनासो समाधानको प्रगति 'रियल टाइम'मा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यसका साथै हेलो सरकारलाई अन्य निकायका गुनासो सुन्ने संयन्त्रहरूसँग समेत एकीकृत गरी थप सुदृढ बनाइएको छ । 

गृह मन्त्रालयले समेत देशभरका नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्न २४ घण्टा चल्ने 'राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको प्रतिवेदनमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप