बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
रुपन्देही । बुटवलको इतिहास र ऐतिहासिक व्यक्तित्वहरूमाथि केन्द्रित नयाँ पुस्तक सार्वजनिक भएको छ। तीन दशकदेखि बुटवलमा पत्रकारिता गरिरहेका अग्रज पत्रकार महेन्द्र थापाद्वारा लिखित ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा : व्यक्ति, व्यक्तित्व र योगदान’ नामक पुस्तक शनिबार एक कार्यक्रमका बिच लोकार्पण गरिएको हो।
बुटवलमा आयोजित विशेष समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, संस्कृतिविद् विमलबहादुर शाक्य र अग्रज पत्रकार मदनलाल पौडेलले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे। कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले यो पुस्तक इतिहास अध्ययन गर्नेहरूका लागि एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे।
बुटवलको ऐतिहासिक महत्त्व उजागर गर्ने उद्देश्यले पुस्तक आएको चर्चा गर्दै उनले भने, ‘नेपाल–अङ्ग्रेज युद्धअन्तर्गत जितगढी युद्धका कमान्डर कर्णेल उजिरसिंह थापा र तत्कालीन पाल्पाली सेनवंशी राजा मणिमुकुन्द सेनको योगदानलाई समेटिएको यस पुस्तकले बुटवलको इतिहास, पहिचान र गौरवको प्रचारप्रसारमा महत्त्वपूर्ण टेवा पुग्नेछ।’
अग्रज पत्रकार मदनलाल पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्कृतिविद् विमलबहादुर शाक्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य लगायतले बोलेका थिए। वक्ताहरूले पुस्तक इतिहाससम्बन्धी गहन अध्ययन, अनुसन्धान र मेहनतको परिणाम भएको भन्दै लेखकको प्रशंसा गरे।
लेखक महेन्द्र थापाले उजिरसिंह थापा, मणिमुकुन्द सेन तथा बुटवलको इतिहासलाई तथ्यपरक ढंगले अनुसन्धान गरेर पुस्तक तयार पारेको जानकारी दिए। पुस्तकमा जितगढी किल्ला, मणिमुकुन्द सेनको शासनकाल, उजिरसिंह थापाको नेतृत्व, बुटवलको ऐतिहासिक विकासक्रम तथा विभिन्न ऐतिहासिक तथ्य र अभिलेखलाई समेटिएको छ। बुटवलको इतिहासबारे चासो राख्ने अनुसन्धानकर्ता, विद्यार्थी तथा सर्वसाधारणका लागि यो पुस्तक उपयोगी बन्ने अपेक्षा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण