पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल यहाँ आइपुगेका छन् ।
शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते बास बसेका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल (गनेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि रहेका छन् ।
कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उनीहरु आएका हुन् ।
त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा आवश्यक पर्ने पूर्वाधार निर्माणलगायतका बिषयमा छलफल भएको छ । छलफलमा मन्त्री लम्सालले कोरला सडक खण्डमा पर्ने पाँच वटा सडक पुल निर्माणलाई ठेक्का प्रक्रियामा लैजान निर्देशन दिएका थिए ।
आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोम–कोरला सडकअन्तर्गत जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडक खण्डमा कालोपत्र निर्माणको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएकी छन् ।
सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि रु तीन अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेकाले नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराइएको थियो ।
मन्त्री लम्सालसहितको टोलीले कोरला सडक आयोजना क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै सडक, पुलपुलेसा र अन्य पूर्वाधारको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको छ । स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुलपुलेसा तथा अन्य संरचनामा बर्सेनि क्षति पुग्ने जोखिम रहेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण