शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

शनिबार, २० असार २०८३, १८ : ४४
शनिबार, २० असार २०८३

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–चरङ्गेस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बस र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । 

नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५२४४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एआर ००४६ नम्बरको भारतीय मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१४ निवासी २१ वर्षीय रामकरण यादव र मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय श्याम यादव गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ । 

दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका वरिष्ठ सई ज्ञानु पाण्डेयले जानकारी दिए । 

दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालकलाई इलाका प्रहरी कार्यालय, बुटवलको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप