मेलम्ची आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण व्यवस्थित बनाइँदै
काठमाडौं । मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित जिल्लाको खानेपानी वितरण सहज बनाउन योजना अघि सारेको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जिल्लावासीको मागअनुसार स्रोत भएका जिल्लाले पर्याप्त खानेपानी पाउनुपर्ने मान्यताका साथ योजना ल्याइएको बताए ।
आयोजनाबाट प्रभावित गाउँपालिकासम्म पुग्ने सडक कच्ची भएकाले स्थानीयवासीले मन्त्रालयसँग सडक कालोपत्रको माग गर्दै आएका छन् । प्रवक्ता शाक्यले सडक निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको बाँकी पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी सरकारले दुई महिनापहिले सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले दुई साताअघि आयोजनास्थलमा निरीक्षण गरी काममा ढिलाइ नगर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण