सलमान खानलाई स्टारडम दिलाउने एक गुमनाम हिरोको कहानी
सलमान खानको नाम एक सुपरस्टारको रुपमा सुचिकृत भइसकेको छ । उनी आज सफलताको पर्याय बनिसकेका छन् भन्दा गलत हुँदैन । यहाँसम्म पुग्नका लागि उनले अत्यधिक मेहनत गर्नुपर्यो । तर सलमानले जुन स्टारडम पाए त्यसमा एक व्यक्तिको ठूलो हात छ भन्ने कुरा के तपाईंलाई थाहा छ ?
उनी हुन् बलिउका चर्चित नायक युसुफ खानका छोरा फराज खान जो आ एक गुमनाम जीवन बाँचिरहेका छन् ।
तपाईंले सोचिरहनुभएको होला कि फराज खानले कसरी सलमान खानलाई स्टारडम दिलाउन सहयोग गरे होलान् ? वास्तवमा सलमानको डेब्यू फिल्म फ्लप भएको थियो त्यसपछि उनी फिल्मको खोजीमा थिए । त्यतिबेला सुरज बडजात्या ‘मेने प्यार किया’ बनाउने तयारीमा थिए । यो फिल्मका लागि फराज खानलाई मुख्य भूमिकामा साइन गरिएको थियो ।
फराज खान सुटिङ सुरु गर्नेबेला अचानक बिरामी भए । बडजात्या आफ्नो फिल्म रोक्न सक्दैनथे त्यसकारण उनले फिमेल लिडका लागि शबिना दत्तको अडिशन गरेका थिए । तर उनी फेल भइन् । पछि उनले शबिनालाई लिड एक्टरका लागि कुनै हिरोको नाम सुझाउन सक्छिन् भनेर सोधे ।
शबिनाले एक विज्ञापनमा सलमानसँग काम गरिसकेकी थिइन् त्यसकारण उनले बडजात्यालाई सलमानको नाम सुझाइन् । बडजात्या राजी भए । तर सलमान यो फिल्ममा अभिनय गर्न चाहँदैनथे । उनलाई यो फिल्म निकै नरम लागिरहेको थियो । सुरज बडजात्याले धेरै नै सम्झाएपछि उनी अन्ततः फिल्ममा अभिनय गर्न राजी भएका थिए ।
यसरी सलमान मेने प्यार कियाको हिरो बने । फिल्म ब्लकबस्टर रह्यो र सलमान रातारात स्टार बने । त्यसपछि उनलाई थुप्रै फिल्मको अफर आउन थाल्यो र बडजात्याले पनि उनीसँग थुप्रै फिल्म बनाए ।
यस्तै फराज खानले पछि ‘मेहेन्दी, फरेब, दिल ने फिय याद किया, दुल्हन बनूँ मे तेरी’ जस्ता फिल्ममा काम गरे । मेहेन्दीमा उनले रानी मुखर्जीसँग काम गरे र फिल्म निकै रुचाइयो पनि । तर फराजको करियर चल्न सकेन र उनी गुमनाम भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण