प्रधानमन्त्री ओलीलाई केहीदिन अस्पतालमै राखिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताए । उनले संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उनको स्वास्थ्यमा अरु पूराना कुनै पनि रोगको समस्या नभएको पनि स्पष्ट पारे । अहिले प्रधानमन्त्री ओली सघन उपचार कक्षमा चिकित्सकहरुको निगरानी रहेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल पु¥याइएको थियो । प्रधानमन्त्री ओलीको चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण