बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता

बिहीबार, ३२ असार २०८३, २१ : ३४
बिहीबार, ३२ असार २०८३

सारांश

  • चालू आर्थिक वर्ष २०८२/०८३ मा पहिलो पटक उच्च अदालत र यसका इजलासहरूमा १८ महिना नाघेका सबै मुद्दाहरू फर्स्योट भएका छन् ।
  • यस पटक ‘डिसिएम’ पद्धतिको कार्यान्वयनले न्यायपालिकामा ठुलो सुधार ल्याएको छ, जसले गर्दा १८ महिना नाघेका मुद्दा शून्यमा झारिएको छ ।
  • उच्च अदालततर्फ न्यायाधीश टेकनारायण कुँवरले १,४२७ मुद्दा फर्स्योट गरी बढी मुद्दा फर्स्योट गर्नेमा पहिलो स्थान हासिल गरेका छन् ।

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/०८३ मा पहिलो पटक उच्च अदालत र यसका इजलासहरूमा १८ महिना नाघेका सबै मुद्दाहरू फर्स्योट भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, चालू आर्थिक वर्षमा समग्र न्यायपालिकाको मुद्दा फर्स्योट प्रतिशत ५४.०३ पुगेको छ ।

विगतमा मुद्दाको चापले थिचिएको न्यायपालिकामा यस पटक ‘डिसिएम’ पद्धतिको कार्यान्वयनले ठुलो सुधार ल्याएको छ । उच्च अदालतका १८ वटा इजलासमध्ये १४ वटामा १८ महिना नाघेका मुद्दा शून्यमा झारिएको छ भने बाँकी ४ इजलासमा पनि अत्यन्तै न्यून सङ्ख्यामा मुद्दा बाँकी छन् । 

त्यस्तै, ४२ वटा जिल्ला अदालतले २ वर्ष नाघेका र २९ वटा जिल्ला अदालतले १८ महिना नाघेका सबै पुराना मुद्दाहरू फर्स्योट गर्न सफल भएका छन् ।

बढी मुद्दा फर्स्योट गर्ने आधारमा उच्च अदालततर्फ न्यायाधीश टेकनारायण कुँवर (१,४२७ मुद्दा) पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै टीकाराम आचार्य (१,२२२) र जगतबहादुर थापा (१,१६९) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

जिल्ला अदालततर्फ कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीले १,०११ मुद्दा फर्स्योट गरी अग्रस्थानमा छन् । यस्तै, पर्साका माधवप्रसाद घिमिरे (९८४) र पाल्पाका हरिप्रसाद शर्मा उपाध्याय (९७९) बढी मुद्दा फर्स्योट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप