बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

बिहीबार, ३२ असार २०८३, २१ : ३५
बिहीबार, ३२ असार २०८३

काठमाडौं । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना पाइलटलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आदित्य कसजु छन् । उनलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

कसजुमाथि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ । बुद्ध एयरमा कार्यरत कसजुले आवेशमा आएर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनी केही दिनअघि पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप