भारतीय महिला संघले दियो पशुपति क्षेत्र विकास कोषलाई विद्युतीय सवारी
काठमाडौं । भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ । भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतीय सवारीसाधनहरु उपयोगी हुने बताए । उनले भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतिय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाहरुका लागि उपयोगी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा