नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा ‘पानी जहाज सञ्चालन’ गर्ने विषय समावेश
काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रकृया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ । नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार सम्पन्न वाणिज्य सहसचिवस्तरीय दुई दिने बैठकमा उक्त सहमति भएको हो ।
त्यस्तै रेलमार्फत बल्क कार्गो ढुवानीका लागि वीरगञ्ज–रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगबनी र भैरहवा–सुनौली नाका समेत खुल्ला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौंदामा समावेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । भारतका २ बन्दरगाहहरु धाम्रा र मुन्द्रा नेपालका लागि खुल्ला गर्न गरेको प्रस्तावमा भारतले आन्तरिक छलफल गरी जवाफ पठाउने सहमति भएको पनि ढकालले बताए ।
त्यस्तै तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रकृया लागू गर्ने विषयमा पनि भारतले आन्तरिक छलफल गरी धारणा पठाउने सहमति भएको छ । त्यस्तै नेपाल–भारत पारवहन सन्धिको म्याद २०२० जनवरी ५ देखि लागू हुनेगरी स्वतः नविकरण हुने र दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी प्रोटोकलमा थयासीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण