सघन उपचारको व्यवस्थासहित प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रमको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन् । उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
बुधबारबाट कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय गर्ने चिकित्सकहरुले बताएका छन् ।
मंसिर १० गते बिहान पेट दुखेर अस्पताल लगिएका प्रधानमन्त्री ओलीको विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण पश्चात एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको पटक–पटक डायलासिस भैसकेको छ । प्रधानमन्त्री ओलीको फेरि मिर्गौला प्रत्यार्पण गर्ने तयारी समेत भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण