सेयर मूल्याङ्कनमा क्लियरिङ हाउसको लुट, चर्को शुल्क उठाएर कमाउने दाउ
काठमाडौँ । तपाईँको डिम्याट खातामा कुन–कुन कम्पनीको कति कति सेयर छ र त्यसको मूल्य कति हो भनेर जान्ने तपाईँको अधिकार हो । त्यो जानकारी सामान्यतः तपाईँले डिम्याट खाता खोलेको संस्थाले नै दिने गर्दछ र त्यो उसको दायित्त्व पनि हो ।
तर यदि तपाईँले आफ्नो सेयर धितो राखेर बैंकबाट ऋण लिनु परेमा वा सेयरको मूल्यांकन गरी आफ्नो सम्पत्तिको रुपमा प्रस्तुत गर्नु परेमा पछिल्लो समय भने सीडीएस एण्ड क्लियरिङ लिमिटेडमै पुग्नुपर्छ र त्यसको लागि चर्को मूल्य पनि तिर्नुपर्छ ।
चाहे तपाईँको सेयर कुनै एक कम्पनीको १० कित्ता नै किन नहोस्, तपाइँले सेयरको मूल्यांकन गराउनुभयो भने त्यसवापत न्युनतम ५ सय रुपैयाँ तिर्नुपर्छ ।
यदि तपाईँको सेयरको मूल्यांकन १० लाख रुपैयाँसम्म छ भने तपाइँले न्यूनतम ५ सय रुपैयाँ तिरेर मूल्यांकन प्रमाणपत्र लिनुपर्नेछ । तपाईँको सेयरको मूल्यांकन १० लाखदेखि ५० लाखसम्म भएमा मूल्यांकनको शुल्क १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी ५० लाखदेखि १ करोडसम्मको मूल्यांकन भएमा मूल्यांकन शुल्कवापत १ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । सेयरको मूल्य १ करोड रुपैयाँभन्दा बढी भएमा मूल्यांकन शुल्कवापत २ हजार रुपैयाँ तिर्नुपर्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडको बडापत्रमा उल्लेख गरिएको छ ।
अहिले सेयरको मूल्याङ्कनको व्यवस्था सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मात्रै गर्दै आएको छ । यो पब्लिक लिमिटेड कम्पनी हो । यो पूर्ण सरकारी संस्था होइन । यो संस्थामा रहने बोर्ड वैठकले मूल्यांकनवापतको शुल्कको वर्गीकरण गरेको थियो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्रति मूल्यांकन लिने शुल्क भने नाफा कमाउने उद्देश्यमै केन्द्रीत रहेको स्पष्ट भएको छ । अहिले एक पृष्ठ प्रिन्ट गरेमा पनि ५ सय रुपैयाँ लिने नीतिले गर्दा आफ्नै खातामा रहेको सेयरको मूल्यांकन गर्नुपर्दा पनि सेवाग्राही पीडित भएका छन् ।

सीडीएसले सेयरको लगत मात्रै राखिदिने हो । मेरो सेयरको अनलाइन फारम भर्दा पनि सेवाग्राहीबाट रकम लिएकै हुन्छ । तर सेयरको मूल्यांकनका नाममा पनि पैसा उठाएर खाने नियतमात्रै भएको स्पष्ट छ ।
के कति आधारमा सेयर मूल्यांकनको शुल्क लिने र कति लिने निर्णय भएको हो भनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेलाई सोध्दा उनले वोर्ड वैठकको निर्णय भएको बताए ।
सीडीएसको मात्रै मान्य हुने र डिपीको अमान्य हुने कारण के हो भनेर प्रश्न गर्दा उनले त्यो बारे आफूहरुलाई थाहा नभएको तर एम्बेसी र बैंकहरुले फर्काइदिने गरेकाले सीडीएसबाट जारी भएको मूल्यांकन पत्र मात्रै मान्य हुने गरेको बताए ।
आफूहरुले दूतावास वा बैंकलाई पत्र नलेखेको स्पष्ट गर्दै के कति कारणले मान्य वा अमान्य भएको हा भन्नेबारे केही जानकारी नभएको उनले बताए । स्मरणीय के छ भने सेयर मूल्यांकनवापत प्राप्त आम्दानी पनि सिडिएस एण्ड क्लियरिङ हाउसले आफ्नो आम्दानीमै राखी खर्च गर्ने गरेको छ ।
यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने शुल्क बढी भएको भन्दै यसलाई परिमार्जन गर्ने तयारीमा रहेको र वोर्डले निर्देशन दिने तयारी गरिरहेको बताए ।
डिपीहरु प्राइभेट संस्था पनि भएकाले सरकारको स्वामित्व रहेको कारण सेयरको मूल्यांकन गर्ने जिम्मा सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई मात्रै दिएको भन्दै त्यो काम पहिले नेपाल स्टक उक्सचेञ्जले गर्ने गरेको पनि स्पष्ट पारे ।
उनले भने ‘पहिले नेप्सेले गर्ने गरेको काम अहिले सिडिएसले गरेको हो । शुल्क पनि पहिलेको नेप्सेकै हो । तर यो केही महङ्गो भयो भनेर छलफल भइरहेको छ । त्यसलाई घटाउने हो कि भन्ने छलफल भएको छ र चाँडै नै निर्णय गरी हामी सीडीएसलाई निर्देशन दिन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण