महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको छ । इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
१५१ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १७ बल बाँकी छँदै १५३ रन बनाएर जित सुनिश्चित गर्यो । अस्ट्रेलियाका लागि ओपनर बेथ मुनीले ४९ बलमा १० चौकाको मद्दतले ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै, फोबी लिचफिल्डले ३५ बलमा ४८ रनको महत्त्वपूर्ण योगदान दिइन् भने एलिस पेरी १३ रनमा अविजित रहिन् ।
बलिङतर्फ इंग्ल्यान्डका लागि सोफी एक्लेस्टोन, चार्ली डिन र लाउरेन बेलले समान १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान नैट साइभर–ब्रन्टले ५३ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै, फ्रेया केम्पले २८ बलमा ४४ रन बनाउँदै अविजित रहिन् भने एलिस क्याप्सीले २३ रन जोडिन् ।
बलिङतर्फ अस्ट्रेलियाका लागि कसिलो बलिङ गर्दै लुसी ह्यामिल्टनले ३ ओभरमा १९ रन दिएर १ विकेट लिइन् । त्यस्तै, किम गार्थले ४ ओभरमा २० रन र कप्तान सोफी मोलिनक्सले ४ ओभरमा ३२ रन खर्चिएर समान १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण