१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. अदालत जाने तयारीमा कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारी गरेको छ । ‘प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधान’मा आपत्ति जनाइरहेको कांग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानुनविद्हरूसँग छलफल गरिरहेको छ ।
२.सरकारको १०० बुँदे कार्यसूचीमा कति भयो काम ?
बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूचीको प्रगति विवरण सार्वजनिक गरेको छ । जस अनुसार एक सय बुँदे कार्यसूचीमा ८७.२ प्रतिशत कार्यानवयन भएको दाबी गरिएको छ ।
३. मधेसका रास्वपा सांसद असन्तुष्ट
मधेसबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पछिल्लो समय पार्टीभित्र असन्तुष्ट देखिएका छन् । उनीहरू आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको आलोचना गर्न थालेका छन् ।
४. बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी
संसदमा प्रतिपक्षीको भूमिकामा रहेका पुराना तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मुलुकका साझा मुद्दामा सहकार्य गरेर अघि बढ्ने गृहकार्यमा जुटेका छन् । यी तीन दल बालेन सरकारलाई घेराबन्दी गर्ने तयारीमा जुटेका हुन् ।
५. असारे विकासमा प्रदेश सरकारहरू
बजेट खर्चको रफ्तार बढाउन आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा विकास निर्माणका कामलाई गति दिने प्रवृत्ति यस पटक पनि देखिएको छ । मधेस र कर्णाली प्रदेशमा देखिएका असारे विकासका नमुनाबारे रातोपाटीले समाचार प्रकाशन गरेको छ ।
६. सुकुमबासीको चमेली बोल्दिने कोही छैन
यो बिहानीले ठ्याक्कै ११ वर्षअघि आएको महाभूकम्पलाई बिर्साइदियो । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती वरिपरि बाक्लो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी बलको बाक्लो दस्ता तैनाथ देखिन्थ्यो । नेपाली सेनाको गाडीले गस्ती गरिरहेको थियो । प्रहरीको माइकिङले सबैका कान ठाडाठाडा हुन्थे, सबै दृश्य हेर्दा यस्तो लाग्थ्यो, यहाँ ठुलै युद्ध हुँदैछ ।
७. ओलीप्रति आक्रामक देखिए प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिएका छन् । उनले आफूलाई सिद्ध्याउन ओलीले हरसम्भव प्रयास गरेको खुलासा गरे । ओलीको तुलनामा आफूलाई सिद्ध्याउन बालेनको पनि सामथ्र्य नरहेको उनको भनाइ थियो ।
८. प्रदेशका बजेटमा लफडा
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएका बजेटले विवाद बढाइरहेको छ ।
९. राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अघि बढाएको छ ।
१०. मौद्रिक नीतिका सम्बन्धमा कस्ता–कस्ता सुझाव ?
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । मौद्रिक नीतिकै सन्दर्भमा आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सरोकारवालासँग छलफल गरेको छ, जहाँ विभिन्न खालका सुझाव आएका छन् ।
११. एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि अक्सन पुल सार्वजनिक गरेको छ । क्यानले अक्सनका लागि छनोट भएका कुल १५५ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।
१२. विश्वकप
- फुटबल
- क्रिकेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण