मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन सक्दैन : उपसभापति निधि
धनुषा । नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।
सीताराम विवाह महोत्सवअन्तर्गत आज जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका प्रतीकात्मक जन्तीलाई स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री निधिले मिथिला र अयोध्याको सम्बन्ध शाश्वत रहेको प्रसङ्ग उल्लेख गरे ।
मिथिलावासी भौतिक सम्पत्तिका दृष्टिले गरीब भए पनि मनको धनी भएको चर्चा गर्दै उहाँले रामको ससुराली मिथिला र सीताको कर्मघर अयोध्या भएकामा मिथिलावासीलाई गर्व छ भने । उनले सीताको साथले नै राम शक्तिशाली भएको र मर्यादा पुरूषोत्तम हुने गौरव प्राप्त गरेका भन्दै माता सीताकै कारण रामराज्य आदर्शका रूपमा स्थापित रहेको बताए ।
अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामसँगै सीताको मूर्ति पनि निर्माण हुनपर्ने भन्दै उपसभापति निधिले रामसँग सीताको मूर्ति नराखिएमा सीतारामको शक्ति नै अधुरो रहने धारणा राखे ।
नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले अयोध्या र मिथिलावासीको सम्बन्ध अटुट भएको प्रसङ्ग उल्लेख गरे ।–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण