शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन सक्दैन : उपसभापति निधि

बिहीबार, १२ मङ्सिर २०७६, २० : २९
बिहीबार, १२ मङ्सिर २०७६


धनुषा । नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।

सीताराम विवाह महोत्सवअन्तर्गत आज जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका प्रतीकात्मक जन्तीलाई स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री निधिले मिथिला र अयोध्याको सम्बन्ध शाश्वत रहेको प्रसङ्ग उल्लेख गरे ।

मिथिलावासी भौतिक सम्पत्तिका दृष्टिले गरीब भए पनि मनको धनी भएको चर्चा गर्दै उहाँले रामको ससुराली मिथिला र सीताको कर्मघर अयोध्या भएकामा मिथिलावासीलाई गर्व छ भने । उनले सीताको साथले नै राम शक्तिशाली भएको र मर्यादा पुरूषोत्तम हुने गौरव प्राप्त गरेका भन्दै माता सीताकै कारण रामराज्य आदर्शका रूपमा स्थापित रहेको बताए । 

अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामसँगै सीताको मूर्ति पनि निर्माण हुनपर्ने भन्दै उपसभापति निधिले रामसँग सीताको मूर्ति नराखिएमा सीतारामको शक्ति नै अधुरो रहने धारणा राखे ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले अयोध्या र मिथिलावासीको सम्बन्ध अटुट भएको प्रसङ्ग उल्लेख गरे ।–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप