मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीमा ‘सूत्र’ को खेल : मन्त्री बनाउने र रोक्ने के हो त्यो सूत्र ?

बुधबार, १७ जेठ २०७४, १० : ३९
बुधबार, १७ जेठ २०७४

नाटकीय खेल केही भएन भने आगामी साताभित्र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसक्नेछन् । काँग्रेस र माओवादीका तर्फबाट देउवा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार भएपनि मन्त्रीमा को–को आउने भन्ने कसैको सुनिश्चता भएको छैन । यद्यपि दुवै पार्टीभित्र नेताहरुले भने आफ्नो–आफ्नो तरिकाले मन्त्री बन्ने दौड शुरु गरिसकेका छन् ।

तर, माओवादीभित्र एउटा ‘सूत्र’ ले केही नेतालाई उत्साही र केहीलाई चिन्तित बनाएको छ । ‘सूत्र’ यस्तो छ, जुन लागु भयो भने धेरै नेतालाई मन्त्री हुने बाटो एकै पटक बन्द हुनेछ । ‘सूत्र’ लागु नभए चाहीँ मन्त्री हुने ढोका चाहीँ खुलै रहनेछ । यही कारण यो ‘सूत्र’ लाई लिएर माओवादी नेताहरु बन्द कोठाभित्र छलफल गर्न थालेका छन् ।

माओवादी केन्द्रको कार्यालय बैठक

आखिर के हो त यस्तो ‘सूत्र’ ?

जतिबेला माओवादीको सर्मथनमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेको थियो । त्यसबेला उपप्रधान तथा उर्जा मन्त्रीसहित टोपबहादुर रायमाझीले माओवादी तर्फबाट सरकारको नेतृत्व गरेका थिए । ओली सरकारका पाला रायमाझीबाहेक माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, रेखा शर्मालगायतका नेताहरु मन्त्री भएका थिए । त्यसबेला सरकारमा रहेका मन्त्रीहरु एमाले–माओवादी गठबन्धन कायम राख्नुपर्छ भन्नेमा थिए ।

यो अचूक ‘सूत्र’ ले एकै पटक धेरै दावेदार बाहिरिए र माओवादीले ओली सरकारमा सहभागी नभएका नयाँ अनुहारलाई मन्त्री बनायो ।

 

जब, एमाले–माओवादी गठबन्धन भत्कियो र काँग्रेस माओवादी गठबन्धन बन्यो । त्यसैका आधारमा प्रचण्ड नेतृत्वको सरकार गठन भयो ।

प्रचण्ड नेतृत्वको सरकार गठनलगत्तै माओवादीभित्र मन्त्री को हुने भन्नेमा ‘महाभारत’ भयो । धेरै दावेदारीकाबीच विवादले चरम रुप लिएपछि माओवादीले नयाँ ‘सूत्र’ खोज्यो र मन्त्री छान्यो । त्यो ‘सूत्र’ थियो, ‘अघिल्लो अर्थात् ओली सरकारका पाला मन्त्री भएका नेताहरुलाई प्रचण्ड सरकारका पाला नदोहोराउने ।’

यो अचूक ‘सूत्र’ ले एकै पटक धेरै दावेदार बाहिरिए र माओवादीले ओली सरकारमा सहभागी नभएका नयाँ अनुहारलाई मन्त्री बनायो ।

अहिले प्रचण्डले राजीनामा गरेर काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको कसरत शुरु भएको छ । योसँगै माओवादीभित्र देउवा सरकारमा मन्त्री हुने चाहनेहरुको दौड शुरु भएको छ । यही बेला माओवादीभित्र फेरि उठेको छ, त्यही पुरानो सूत्रको बहस ।

ओली सरकारका पाला मन्त्री भएका माओवादी नेताहरु नदोहोराउने सूत्रको पक्षमा छन् । तर, अहिले प्रचण्ड सरकारमा मन्त्री रहेका नेताहरु सूत्र पुरानो भएको र काम गर्न सक्ने क्षमताका आधारमा मन्त्री बनाउनुपर्ने पक्षमा छन् । यदि सूत्र लागु भयो भने कृष्णबहादुर महरा, जनार्दन शर्मा, अजयशंकर नायक, दलजीत श्रीपाली, धनीराम पौडेल र गौरीशंकर चौधरी मन्त्री हुने सम्भावना कम हुनेछ । सूत्रले काम गरे ओली सरकारका पाला मन्त्री भएका नेताहरुको पल्ला भारी हुनेछ ।

तर, अहिलेसम्म भावी मन्त्रीपरिषद्मा पठाउने नेताका विषयमा माओवादीभित्र औपचारिक छलफल भएको छैन । सहमतिय सरकार बनाउने राष्ट्रपतिले दिएको समय सकिएपछि यो विषयले प्रवेश पाउन सक्ने माओवादीका एक नेताले बताए ।

ओली सरकारका पाला बन मन्त्री रहेका माओवादी नेता अग्नि सापकोटाले नयाँ मन्त्रीपरिषद्मा पठाउने नेताको विषयमा पार्टीभित्र छलफल शुरु नभएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप