माछापुच्छ्रे बैंकको एटीएम तथा पीओएस मेसिनमा मास्टर कार्ड चल्ने, मास्टर कार्डको सञ्जालसँग आवद्ध
काठमाडौं– माछापुच्छ्रे बैंकको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)हरुमा अव मास्टर कार्ड चल्ने भएको छ ।
बैंकको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)हरुमा अव मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आवद्ध भएको छ ।
विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको हो ।
अव ग्राहकहरुले माछापुच्छ्रे बैंकको १७० भन्दा बढि एटीएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।
बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टर कार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरु (पीओएस मेसिन)मा भीस, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्दती खाता खोल्ने, क्यूआरकोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण