श्रीलङ्काका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता
नयाँ दिल्ली । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूले दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्ध थप मजबुत बनाउने बारेमा छलफल गर्नुभएको जनाइएको छ । उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै श्रीलङ्काका राष्ट्रपति राजापाक्ष बिहीबार नयाँ दिल्ली आइपुगेका हुन् ।
राष्ट्रपतिमा निर्वाचित हुने वित्तिकै उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भ्रमणका लागि निमन्त्रणा गरेका थिए । भेटवार्ता अघि राष्ट्रपति राजापक्षेले महात्मा गान्धीको स्मृतिस्थल राजघाटमा पुगेर उनीप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अवतरण भएपछि सञ्चार माध्यमलाई दिएको पहिलो प्रतिक्रियामा उनले भारत र श्रीलङ्काले सँगसगै काम गर्न आवश्यक रहेको बताएका थिए । आर्थिक विकास र जनताको सुरक्षाका लागि नयाँ दिल्ली र कोलम्बोबीचमा सहकार्यको आवश्यकता रहेको उनको भनाई छ । ‘श्रीलङ्काको राष्ट्रपति भएपछिको यो मेरो पहिलो विदेश भ्रमण हो, भारतका राष्ट्रपति र प्रधानमन्त्रीप्रति म आभारी छु,’ उनले भने ।
उनले थपे, ‘मेरो अपेक्षा धेरै छ, राष्ट्रपतिको मेरो कार्यकालमा भारत र श्रीलङ्काको सम्वन्धलाई धेरै माथि उठाउन चाहन्छु ।’ श्रीलङ्काली राष्ट्रपति राजापाक्षले भारत र श्रीलङ्काको सम्बन्ध ऐतिहासिक, धेरै पुरानो, सांस्कृतिक र राजनीतिक रहेको उल्लेख गरे ।
उनले शुक्रबार नै विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए । । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण