रौतहट र बारामा शान्तिपूर्ण रुपमा उपनिर्वाचन हुँदै
रौतहट । रौतहट र बाराका रिक्त स्थानमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन भइरहेको छ । रौतहटको गढीमाई नगरपालिका वडा २ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।
जहाँ वडाध्यक्ष पदमा नेकपाबाट जबार मिया, नेपाली काँग्रेसबाट दिपेन्द्र श्रेष्ठ, समाजवादी पार्टीबाट दिनेश दास तत्मा लगायत विभिन्न दल र स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका छन् ।
वडा २ मा कुल एकहजार आठसय ७० जना मतदाता रहेको जिल्ला प्रमुख निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
गढीमाई नपा २ स्थित समाजबादी पार्टी बाट निर्वाचित वडा अध्यक्ष योगेन्द्र दाश तत्माको निधन पछि उपनिर्वाचन हुनलागेको हो ।
उता बाराको बारागढी गाँउपालिका वडा १ स्थित वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचन भइरहेको छ ।
एकजना स्वतन्त्र सहित वडा अध्यक्षपदका लागी ११ जना उम्मेदवारले निर्वाचन प्रक्रियामा भाग लिएका छन् ।
निर्वाचनमा कुल दुुईहजार तिनसय ६७ जना मतदाता रहेको प्रमुख जिल्ला निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले बताएका छन ।
मतदानका लागि तीनवटा मतदान केन्द्रमा बिहानैदेखि मतदान भइरहेको छ ।
बारागढी गाँउपालिका २ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष नन्दलाल राय थारुको मृत्युु भएपछि उपनिर्वाचन हुनलागेको हो ।
बिहान ७ बजे देखी सुरु भएको मतदान बेलुुकी ५ बजेसम्म हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण