बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाले छुट्टै साइकल लेन सञ्चालनमा ल्यायो

शनिबार, १४ मङ्सिर २०७६, १२ : ४१
शनिबार, १४ मङ्सिर २०७६

ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ । 

शनिवार  महानगरपालिकाले  एक कार्यक्रमका बीच  कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन व्यवस्था गरेको बताएको छ ।  

चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताए । 

साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको उनले बताए । अहिले महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप