कास्की २ अपडेट : वडा नम्बर ३३ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडि
कास्की–२ मा सत्तारुढ नेकपा अगाडि देखिएको छ । वडा नम्बर–३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ ।
वडा नम्बर–३३ मा कुल ५ हजार ६ सय ४२ मत खसेकोमा नेकपाकी विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छिन् । यो मत प्रमुख प्रतिपक्ष कांग्रेसको भन्दा ११ सय ६१ मतले बढी छ ।
वडा नम्बर–३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेस
बिपीले ७ मत पाएको छ ।
रातको साढे दशबजेबाट सुरु हुने भनिएको मतगणना मतपेटीकामा लगाइएको शिल्डको रुज गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको थियो ।
रातिको १०ः३० मा सुरु हुन लागेको मतगणना विवादका कारण १ः४० बजे सुरु भएको थियो ।
कास्की–२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्रै खसेको छ । वडा नम्बर–३३ को मतगणना ६ बजे सकिएको थियो ६ बजेदेखि वडा नम्बर–२१ को मतगणना सुरु भएको छ । मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण