प्रियंकाले लुकाउन सकिनन् प्रेम
काठमाडौं । अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजसँगको प्रेम रहेको समाचार केही पहिले सार्वजनिक भएको थियो । देशराजसँगको प्रेम लुकाएर राख्न चाहेका कारण उनले यो बिषयमा मुख खोलेकी पनि थिइन् । तर शनिबार भने उनले उक्त प्रेम लुकाउन सकिनन् ।
‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेत्रीको पुरस्कार थापेकी प्रियंका पुरस्कार थापे लगतै खुसी साट्न प्रेमी देशराज बसेको स्थानमा पुगिन् र देशरालाई अंगालो मारिन् । देशराजले पनि उनको अंगालोलाई बेसरी कस्दै जुरुक्कै बोकेर ओठमा चुम्बन गरे ।
प्रियंकाको र देशराजको यो हर्कत सोही स्थानमा पहिले देखिनै बसिरहेका देशराजकी आमा रविना देशराज, भाई आशिरमान देशराज समेत रमाइलो तवरले हेरिरहेका थिए । कार्यक्रममा उपस्थित सबै दर्शकको ध्यान आफुतिर भएको थाहा पाएपछि भने प्रियंंका लाजले रातोपिरो भएकी थिइन् ।
प्रियंकाले लुकाउँदै आएको प्रेम कार्यक्रममा देशराजले केही पहिले सार्वजनिक गरिसकेका थिए । चलचित्र ‘चपली हाइट २’ बाट ‘उत्कृष्ट नव–अभिनेता’को पुरस्कार जितेका उनले स्टेजबाटै नायिका कार्कीलाई आफ्नो प्रेमिकाको रुपमा परिचित गराएका थिए । देशराजले त्यसरी परिचित गराउँदा स्टेज अगाडि बसेकी प्रियंका उनीतिर हेर्दै हाँसी मात्र रहिन् ।
हुन त केही अगाडिसम्म सामाजिक संजालमा प्रियंका देशराजलाई भाइको रुपमा सम्बोधन गर्दै प्रस्तुत हुने गर्थिन् । कार्यक्रममा देशराजले सबैका सामु प्रेमको खुलासा गरेपछि भने उनले प्रेम लुकाउन सकिनन् ।
सेतो कलरको ग्ल्यामर झल्कने आकर्षक पहिरनमा कार्यक्रम स्थल पुगेकी प्रियंकाले देशराजको परिवारसँग तस्बिर समेत खिचाइन् । देशराजका परिवार पनि प्रियंकासँग तस्बिर खिचाउँदा खुसी देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण