उपचुनावको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गर्यो : रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनको जारी मत परिणाममा साझाले निराशाजनक परिणाम व्यहेरेपछि मिश्रको यस्ता प्रतिक्रिया आएको हो ।
आइतबार साझ उनले आफ्नो फेसबुक ह्यान्डलमा लेखेका छन्,‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’
उपचुनावले साझा पार्टीले थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको र आफूहरू दिलोज्यान दिएर त्यसमा लाग्ने पनि उनले बताए । साथै उनले युवा मतदाता खोई भन्दै प्रश्न समेत गरे । ‘हुन त तथ्याङ्कपछि आउला तर कास्कीका सबै चुनावी केन्द्र घुम्दा अधिकांश केन्द्रमा युवा मतदाता अत्यन्तै न्यून थिए । जुन कम्तिमा २ जना मतदान अधिकृतले पुष्टी गरे।’
दशौँ लाख युवा विदेशमा भएकोले र बाँकीमा राजनीतिप्रतिको वितृष्णाले यस्तो भएको भन्दै उनले उक्त कुरा साझा पार्टीका लागि मात्र नभइ, देश रूपान्तरणका लागि चिन्ताजनक विषय मिश्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण