सरकारसँग जनता असन्तुष्ट रहेको उपनिर्वाचनले पुष्टि गर्यो : सहमहामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले उपनिर्वाचनको परिणामले सरकार अलोकप्रिय हुँदै गएको संकेत गरेको बताएका छन् । भीमबहादुर तामाङ्को सातौं स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा महतले उपनिर्वाचनमा सरकारको अलोकप्रियता पुष्टि भएको बताए ।
उनले सरकारसँग असन्तुष्ट जनमतलाई कांग्रेसले भोटमा बदल्न सांगठनिक रुपमा जोडन्पर्नेमा जोड दिए । उनले भने, ‘सरकारसँग असन्तुष्ट जनतालाई आफ्नो कुरा भन्न सकिएन र संगठन पनि गरिएन भने त्यस्तो असन्तुष्टि मतमा बदल्न सकिँदैन । त्यसैले उनीहरुलाई हामीले सांगठनिक रुपमा पार्टीमा जोड्नतिर लाग्नुपर्छ ।’
फरक प्रसंगमा महतले भीमबहादुर तामाङलाई समर्पण,सक्रियता र सरलताको प्रतिमुर्तिका रुपमा स्मरण गरे । समकालिन राजनीतिमा तामाङ जस्तो नेता कम रहेपनि उनले देखाएको बाटोको प्रभावले समाजलाई नैतिकता र आदर्शको बाटोमा हिँड्न प्रभाव पारिरहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध