सरकारसँग जनता असन्तुष्ट रहेको उपनिर्वाचनले पुष्टि गर्यो : सहमहामन्त्री महत
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले उपनिर्वाचनको परिणामले सरकार अलोकप्रिय हुँदै गएको संकेत गरेको बताएका छन् । भीमबहादुर तामाङ्को सातौं स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा महतले उपनिर्वाचनमा सरकारको अलोकप्रियता पुष्टि भएको बताए ।
उनले सरकारसँग असन्तुष्ट जनमतलाई कांग्रेसले भोटमा बदल्न सांगठनिक रुपमा जोडन्पर्नेमा जोड दिए । उनले भने, ‘सरकारसँग असन्तुष्ट जनतालाई आफ्नो कुरा भन्न सकिएन र संगठन पनि गरिएन भने त्यस्तो असन्तुष्टि मतमा बदल्न सकिँदैन । त्यसैले उनीहरुलाई हामीले सांगठनिक रुपमा पार्टीमा जोड्नतिर लाग्नुपर्छ ।’
फरक प्रसंगमा महतले भीमबहादुर तामाङलाई समर्पण,सक्रियता र सरलताको प्रतिमुर्तिका रुपमा स्मरण गरे । समकालिन राजनीतिमा तामाङ जस्तो नेता कम रहेपनि उनले देखाएको बाटोको प्रभावले समाजलाई नैतिकता र आदर्शको बाटोमा हिँड्न प्रभाव पारिरहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण