‘सेल्फी किङ’को टिजरः विपिनलाई स्टारडमको घमन्ड
काठमाडौं । अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को अफिसियल टिजर सार्वजनिक भएको छ । मंगलबार साँझ सार्वजनिक गरिएको टिजनरमा सफलताको उत्कर्षमा रहँदा एउटा कलाकारले देखाउने रवाफ र सफलताबाट झरेपछिको अवस्था समेत देखाउन खोजिएको छ ।
१ मिनेट २ सेकेण्ड लामो टिजरमा अभिनेता विपिन मात्र देखिएका छन् । ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नी मूतको न्यायो मात्रै हो । एकछिन तातो हुन्छ, मज्जा आउँछ । एकछिनमा जब चिसो हुन्छ नी अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ’ टिजरमा बिपिनले बोलेको डाइलग हो यो । यो डाइलग अहिले फेसबुकमा भाइरल हुँदै गइरहेको छ ।
विशाल सापकोटाको निर्देशन रहेको फिल्मको केही पहिले पोष्टर सार्वजनिक भएको थियो । हलिउड फिल्मसँग हुबहु मिल्यो भनेर पोष्टरको कारणले निर्माण युनिटले आलोचना सहनु परेका थियो । ‘सेल्फी किङ’को नामले परिचित एक हाँस्यकलाकारको जीवन यात्राको बिषयमा बनेको फिल्मको लेखन पनि निर्देशक बिशालले गरेका हुन् ।
सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी फिल्ममा छ । २४ माघबाट प्रदर्शनमा आउने यो फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ ।
दिनेश राउत र सुवास थापाले मिलेर यो फिल्म बनाएका हुन् । फिल्ममा अभिनेत्री केकी अधिकारीको आइटम नृत्य रहेको छ । ‘सेल्फी किङ’ मा विपिन र लक्ष्मी श्रीमान् श्रीमतीको भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण