साढे ३३ किलो सुन तस्करी प्रकरण: सर्वोच्चद्वारा आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज काठमाडौँको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको सिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो ।
समितिको टोलीले २०७५ जेठ २८ गते सो ज्वेलर्समा छापा मारेर सिलबन्दी गरेको थियो । तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।
सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो । अग्रवालको घरमा छापा मारेर रु ३० लाख नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण