प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै
बिहीबार, १९ मङ्सिर २०७६, १४ : ४६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि डिस्चार्ज हुन लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने प्रक्रिया चलिरहेको जानकारी दिएका छन् । उनले ट्वीटरमा जनाएअनुसार प्रधानमन्त्री ओली अप्रेसनपछि पूर्ण स्थास्थ्यलाभ गरेर दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै स्वास्थ्यलाभ गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण