सुटिङ : १० मिटर एयर राइफल र ५० मिटर राइफलमा भारतलाई स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले आफ्नो दबदवा कायमै राखेको छ । सातदोवाटोस्थित सुटिङ रेञ्जमा विहीबार भएको १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ ।
भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै किरण अंकुश जाधवले रजत पदक जिते । उनले २४८.७ अंक स्कोर गरेका थिए । यसैगरी २२८.० अंकका साथ बंगलादेशका अब्दुल बकीले कास्यक पदक जित्न सफल भए । पाकिस्तानका अदिल गुफ्रिन २०६.१ अंकसहित चौथो स्थानमा रहँदा भारतका एस बद्र्धान १८५.७ अंकसहित पाँचौं स्थानमा थिए । यस्तै पाकिस्तानका फरिद जिहान उल साकिर १६४.४ अंकसहित छैटौं स्थानमा रहँदा बंगलादेशका मोहम्मद रोवुल इस्लाम १४१.३ अंक सहित सातौं स्थानमा रहे । अन्तिम आठमा भने श्रीलंकाका विरन्था के।वाई।के ११६.५ अंकका साथ रहेका थिए ।
व्यक्तितग प्रदर्शनका आधारमा नेपालका अर्नव घिमिरे छनोट चरणको १४ औं स्थानमा थिए । उनले ५८६.७ अंक बनाएका थिए । १५ औं स्थानमा ५८६.६ अंकसहित हरिबहादुर थापा रहेका थिए भने अर्का नेपाली खेलाडी कुमार कार्की ५७०.५ अंकसहित १७ औं स्थानमा रहँदै छनोट चरणको यात्रा पार गर्न सकेनन् ।
यस्तै टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका यस बद्र्धन, किरण अंकुस जाधव पंकज कुमारको समूहले १८७५.८ अंकसहित स्वर्ण पदक जितेका हुन् । यस इभेन्टसमा रजत पदक भने पाकिस्तानले जितेको छ । पाकिस्तानका लटिफ अक्वि, फरिद जिहान उल सकिर र अदिल गुफ्रनको जोडीले रजत पदक जितेको हो । उनीहरुले १८४६.४ अंक जोडेका थिए । यस्तै कास्य पदक भने बंगलादेशले जितेको छ । बंगलादेशका मुन्ना मोहम्मद रवि हसन, मोहम्मद रुवेल इस्लाम र अव्दुल्लाह बकीको जोडीले कास्य जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण