क्रिकेटमा बंगलादेशले दियो नेपाललाई १५६ रनको लक्ष्य
शनिबार, २१ मङ्सिर २०७६, ११ : २५
काठमाडौँ । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले नेपालसामु १५६ रनको लक्ष्य पेश गरेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।
बंगलादेशका लागि नजमुल होसैन शान्टोले सर्वाधिक ७५ रन बनाएर अविजित रहे । ६० बलमा उनले चार छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।
त्यस अतिरिक्त अफिफ होसैनले अद्र्धशतकीय पारी खेल्दै २८ बलमै ५२ रन जोडे । यासिर अलिले १४ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन बनाउन असफल रहे ।
बलिङतर्फ नेपालका पूर्व कप्तान पारश खड्काले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा मात्र १५ रन खर्चदैं तीन विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र अभिनाष बोहराले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण