राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल’को विजेता
आइतबार, २२ मङ्सिर २०७६, १० : ४८
काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।
‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
अन्तिमस्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो ।
विजेता लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् । लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए ।
दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ
-
विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे प्रधानमन्त्री ओलीले के भने ?
-
आजै दोस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
बजेटले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट
-
इप्पानका प्रतिनिधि र अर्थमन्त्रीबिच भेटवार्ता, विद्युत खरिदमा ‘टेक एण्ड पे’ फिर्ता लिन माग
-
मणिपुरमा फेरि हिंसा, पाँच जिल्लामा इन्टरनेट बन्द, केहीमा निषेधाज्ञा